मासु खान छोडिन् हेली बाल्ड्बिनले

पप स्टार जस्टिन बिबर कि पत्नी तथा सुपर मोडल हेली बाल्ड्बिनले लकडाउनको समयमा दूधजन्य खाध्यसामग्री र मासु खान छोडेर केवल हरियो तरकारी र माछा मात्र खान थालेकी थिइन्।

तर उनलाई यस्तो खाना आफ्नो लागि नभएको लाग्न थालेको एस शोबिज डट कमले जनाएको छ। 

लकडाउन को समयलाई सम्झिँदै मोडल बाल्ड्बिन भन्छिन्,‘त्यो समय निकै कष्ट पूर्ण थियो। ब्यस्त जिबन शैली अचानक ठप्प हुँदा अत्यन्तै कठिन हुन्छ।’ 

नियमित शारीरिक व्यायाम पुनः सुरु गरेको बताउने मोडल बाल्ड्बिन भन्छिन्, ‘शारीरिक व्यायाम मानसिक स्वास्थको लागि राम्रो हुन्छ।’ 

२२ नोभेम्बर १९९६ को दिन टक्सन, एरिजोनामा जन्मेकी मोडल बाल्ड्बिन प्रशिद्ध मोडलिङ्ग एजेन्सी आइएमजी मोडल्सको निमित्त काम गर्छिन्। 

मूल पेशा मोडलिङ्ग भएपनि बाल्ड्बिन टेलिभिजन प्रस्तोता, सामाजिक अभियन्ता र डिजे र नृत्याङ्गना पनि हुन्। 

स्मरण रहोस् अल्जेरिया का प्रख्यात गायक खालिद को ‘दिदी’ नामक गीतमा उनैले डिजे गरेकी हुन्।

प्रकाशित मिति: : 2021-01-02 13:41:00

प्रतिकृया दिनुहोस्