कुर्सी खाली छ, पुनः पार्टीमा फर्किनुहाेस्, नत्र ‘म यहाँ छु’ भन्ने अवस्था आउला: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालसहितका नेताहरुलाई ‘म यहाँ छु’ भन्ने अवस्था आउने चेतावनी दिएका छन्।

नेकपाको भातृ संगठन अनेरास्वियुको ओली पक्षीय कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले भने,‘हाम्रो केन्द्रीय कमिटीको बैठकमा नआएर केही साथीहरु कता हराउनु भयो भनेको माइतीघर मण्डलामा पुगेर ‘हामी यहाँ छौँ’ भनेर छातीमा प्लेकार्ड बोकेर बसिरहनु भएको रहेछ। फेरि त्यहाँदेखि पनि उठेर कता जानु भएछ।’

ओलीले पदका लागि प्रचण्ड नेपालसहितका नेताहरुलाई पदका लागि गएको आरोप समेत लगाए।  

‘अहिले पनि कुर्सी खाली छ। पुनः पार्टीमा आउन चाहनुहुन्छ भने आउनुहोस्। नत्र म यहाँ छु भन्दै लेख्नुपर्ने दिन आउला,’ उनले भने। 

यस्तै प्रधानमन्त्री ओलीले घोषित निर्वाचनमा सबैलाई आश्चर्यचकित बनाउने गरी आफ्नो पक्षमा मत परिणाम आउने दाबी गरे।

‘बैसाखमा हुने निर्वाचनमा अरुलाई सातो जाने गरी मत आउने छ,’ उनले भने। 

प्रकाशित मिति: : 2021-01-03 17:09:00

प्रतिकृया दिनुहोस्