एट्लेटिको शीर्षस्थानमा

बिएल संवाददाता

काठमाडाै‌ं

एट्लेटिको मड्रिडले १० खेलाडीमा समेटिएको डिपोर्टिभो एलाभेसलाई २–१ ले पराजित गरेकाे छ। 

एलाभेसको मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोले खेलको ४१औं मिनेटमा मार्काेस लोरेन्टेको गोलबाट अग्रता लिएको थियो। लुइस सुआरेजको पासमा लारेन्टेको गोल गरे।

६३औं मिनेटमा एलाभेस १० खेलाडीमा समेटियो। थोमस लेमारलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै भिक्टर लगाउरडियालाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएको थियो।

एक गोलले पछि परेपनि घरेलु टोलीले ८४औं मिनेटमा खेललाई बराबरीमा ल्याउन सफल भएको थियो। पेरेजको प्रहारलाई बचाउन खोज्दा फिलिपेले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।

तर ९०औं मिनेटमा लुइस सुआरेजले जोआओ फेलिक्सको पासमा गोल गर्दै एट्लेटिकोलाई २–१ को संघर्षपुर्ण जित दिलाए।

जितसँगै एट्लेटिको रियल मड्रिडलाई २ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ। उसले दुई खेल कम खेलेकाे छ। 

 एट्लेटिकोको १५ खेलबाट ३८ अंक तथा रियलको १७ खेलबाट ३६ अंक छ। पराजित एलाभेस १८ अंकसहित १४औं स्थानमा छ।
 

प्रकाशित मिति: : 2021-01-04 09:19:00

प्रतिकृया दिनुहोस्