ट्रम्पकाे फाेन, ‘मलाई बस्, ११,७८० भोट मात्रै चाहियो’

अमेरिकाका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले एक निर्वाचन अधिकारीलाई आफूलाई भोट दिलाइदिन आग्रह गरेको खुलासा भएको छ।

जर्जिया राज्यका शीर्ष निर्वाचन अधिकारीलाई आफूलाई जिताउन आवश्यक मतको बन्दोबस्त गरिदिन आग्रह गरिरहेको फोन रेकर्डिङ सार्वजनिक भएको हो।

द वासिङ्गटन पोस्टले आइतबार ट्रम्पले जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरसँग गरेको एक घण्टा भन्दा लामो टेलिफोन संवाद सार्वजनिक गरेको हो।

फोन रेकर्डिङमा ट्रम्पले रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्रेड रेफनस्पर्जरसँग भनिरहेका छन्, ‘मलाई बस्, ११,७८० भोट मात्रै चाहियो।’

ट्रम्पले राफेनस्पगरसँग गरेको एक घण्टा भन्दा लामो टेलिफोन संवाद गरेका छन्। रेफनस्पर्जरले भने फाेनमा ट्रम्पलाई जर्जियाको नतिजा सही भएको बताइरहेका छन्। 

जर्जियामा डेमोक्रेट पार्टीका उम्मेदवार बाइडेनले चुनाव जितेका छन्। बाइडेन साँघुरो मत अर्थात ११ हजार ७७९ मतले विजयी भएका थिए।
 
उनले ३०६ इलेक्टोरल भोट प्राप्त गरेका छन् भने ट्रम्पले २३२ भोट मात्र। तर ट्रम्पले धाँधली भएकाे आरोप लगाइरहेका थिए। 

अमेरिकाका सबै ५० राज्यले मतपरिणाम प्रमाणित गरिसकेका छन्। यस क्रममा कतिपय प्रान्तमा मत गणना दाेहाेर्‍याइएकाे पनि थियाे। 

ट्रम्पले भनेका छन्, ‘११ हजार ७८० मत, जुन उनीहरुको भन्दा एक मत मात्रै धेरै हो। मैले त्यति मत प्राप्त गरेको भन्दा केही गलत हुँदैन।’

जर्जियामा तीन पटक मतगणना भएको थियो, त्यसमा बाइडेन विजयी भएका थिए।

तर ट्रम्पले धाँधली भएकाे दाबी गर्दै दर्ता गराएका ६० निवेदन अमेरिकाका अदालतले रद्द गरिसकेका छन्। अब जो बाइडेनले यही जनवरी २० मा अमेरिकाकाे राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्नेछन्।

ट्रम्प भने अझै पनि प्रमाण बिना चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन्। केही रिपब्लिकन सांसदहरु त्यसकै पछि लागेका छन्।

ट्रम्पले नतिजा उल्ट्याउनका लागि अहिलेसम्म गरेका सबै प्रयास विफल भएका छन्। 

प्रकाशित मिति: : 2021-01-04 09:38:00

प्रतिकृया दिनुहोस्