शीर्षस्थानमा रहेको लिभरपुल साउथह्याम्टनसँग पराजित

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल साउथह्याम्टनसँग पराजित भएकाे छ। 

साउथह्याम्टनमा सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्टनसँग उसकै मैदानमा १–० ले पराजित भएकाे हाे।

ड्यानी विङ्सले जेम्स वार्ड प्रोउजको पासमा खेलकाे दुई मिनेटमै गरेकाे गोल साउथह्याम्टनका लागि निर्णयक बन्याे।

यो हारसँगै लिभरपुलले शीर्षस्थानमा ३ अंकको अग्रता लिने अवसर गुमाएको छ। 

लिभरपुलको १७ खेलबाट ३३ अंक रहेको छ। एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको पनि ३३ अंक छ। 

साउथह्याम्टन २९ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2021-01-05 07:35:00

प्रतिकृया दिनुहोस्