‘क्या मज्जा आको’ बोलको गीत सार्वजनिक

नायक पल शाह र मोडल रेश्मा घिमिरे अभिनित ‘क्या मज्जा आको’ बोलको गीत सार्वजनिक गरिएकाे छ । 

यो गीतमा राजनराज सिवाकोटीको संगीत, राजनराज र मेलिना राइको स्वर, राजनराजकै शब्द छ ।

भिडियोमा एक नाटकमा रहेका कलाकारहरुको वर्कशपको कथालाई देखाइएको छ ।

भिडियोमा पल कृष्ण र रेश्मा सीताको भूमिकामा देखिएका छन् ।

भिडियोमा कलाकार निर्मल शर्माको पनि अभिनय छ । 

गम्भिर बिष्टले निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ ।

प्रकाशित मिति: : 2021-01-06 13:12:00

प्रतिकृया दिनुहोस्