भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० नवजात शिशुको मृत्यु

हिन्दुस्तान टाइम्स

भारतको महाराष्ट्रस्थित एक अस्पतालकाे नवजात शिशु स्याहार केन्द्रमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ।

 महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा शनिबार बिहान दुई बजेतिर आगलागी हुँदा उनीहरुकाे मृत्यु भएको समाचार एजेन्सी पिटिआईले जनाएकाे छ।

 त्यहाँबाट सात जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको छ। 

नवजात शिशुहरुको मृत्यु भवनमा धुँवा भरिएका कारण भएको बताइएको छ।

अस्पतालका सिविल सर्जन डाक्टर प्रमोद खन्डाका अनुसार तीन/चार बच्चाको मृत्यु जलेर भएको छ भने बाँकीले अक्सिजन नपाएर ज्यान गुमाउनुपरेको देखिएको छ।

भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा छ।

प्रकाशित मिति: : 2021-01-09 09:52:00

प्रतिकृया दिनुहोस्