त्रिविले आंशिक प्राध्यापकलाई करार गर्ने

'बौद्धिक शोषणको अन्त्य र समान कामको समान ज्याला' भन्दै आन्दोलनरत त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको आंगिक क्याम्पसका आंशिक प्राध्यापकहरु र त्रिविबीच करारको लागि सम्झौता भएको छ।

कम्तिमा एक शैक्षिक शत्र पुरा गरेका, क्याम्पसको आवश्यकता, औचित्यता, जेष्ठता, निरन्तरता, अनुभव र तोकिएको पूर्ण कक्षाभारको आधारमा त्रिविको नियमानुसार प्रक्रिया पुरा गरी त्रिवि केन्द्रीय कार्यालयको स्वीकृति र समर्थनमा शिक्षण सहायक सरहको पारिश्रमिकमा क्याम्पसको आन्तरिक श्रोतबाट खर्च व्यहोर्ने र यदी आन्तरिक श्रोतबाट अपुग भएको अवस्थामा त्रिविले व्यवस्थापन गर्ने गरी शुक्रबार सम्झौता भएको हो। 

सम्झौतासँगै पौष २ गतेदेखि विभिन्न मागहरु राखेर उपकुलपति कार्यालय केन्द्रित आंशिक प्राध्यापकहरुको आन्दोलन अन्त्य भएको त्रिवि आंशिक प्राध्यापक संघ केन्द्रीय महासचिव राजेन्द्र गिरीले बताए।

'करिब डेढ दशकभन्दा लामो समयदेखिको आंशिक प्राध्यापकको समस्या अब समाधान भएको छ,' उनले भने, 'देशभरबाट काठमाडौं आइपुगेका प्राध्यापकहरु आइतबारदेखिनै  आफ्नो कार्यक्षेत्रमा फर्कने र अब एक चित्त भएर प्रध्यापन कार्यमा लाग्नुहुनेछ।' 

उक्त सम्झौताले अब आइएलओ र विकेन्द्रिकरणको नियमहरुको पालना गरेकाे त्रिवि आंशिक प्राध्यापक संघे बताएको छ।

आंशिक प्राध्यापकलाई करार गरिने भएपछि उमेरका हदले पूर्णकालिनमा प्रतिस्पर्धा गर्न बाधा पुगेकालाई अध्ययन अनुसन्धान, तालिमहरुमा सहभागि हुनका लागि समेत सहज हुने भएको छ।

त्रिविले वर्षाैंदेखि आंशिक प्राध्यापकहरुलाई गर्दै आएको बौद्धिक शोषणलाई शुक्रबार भएकाे सम्झाैताले अन्त्य गरेकाे जुम्लाबाट काठमाडौं आन्दोलन गर्न पुगेका आंशिक प्राध्यापक संघ जुम्लाका अध्यक्ष नरबहादुर घर्तीले बिएल नेपाली सेवालाई जानकारी दिए।

'एक नयाँ युगको शुरुवात भएको छ। हाम्रो श्रमकाे उचित माेल दिने निर्णय हुँदा खुसी लागेकाे छ,' उनले भने, 'अब जुम्ला जस्ताे विकट क्षेत्र पुग्दाे दरबन्दीका सहित पठनपाठन हुनेछ।'

प्रकाशित मिति: : 2021-01-09 22:34:00

प्रतिकृया दिनुहोस्

    News coppied fron www.arthabulletin.com

    • 3 बर्ष अगाडि
    • Abcd