बर्मिङघमविरुद्ध सिटीको सहज जित

 प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेकाे छ।

इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा च्याम्पियनसिप क्लब बर्मिङघम सिटीलाई ३–० ले पराजित गर्दै सिटी चाैथाे चरणमा पुगेकाे हाे।

सिटीका लागि पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाको दुई गाेल गरे। यता एक गोल फिल फोडेनको नाममा रह्यो। सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो।

घरेलु टोलीले खेलको आठौं मिनेटमा सिल्भाको गोलबाट अग्रता लिएको थियो। १५औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।

३३औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटीले  ३–० को जित दिलाए।

प्रकाशित मिति: : 2021-01-11 08:42:00

प्रतिकृया दिनुहोस्