राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन

राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन भएको छ।

 शाहीको ६५ वर्षको उमेरमा गएराति दैलेखस्थित आफ्नै निवासमा निधन भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार शाहीको गएराति साढे ९ बजे निधन भएको हो। 

एन्फाका पूर्वमहासचिवसमेत रहेका शाही सन् १९७९ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीको गोलरक्षक थिए। 

नेपालले सन् १९८२ मा पहिलो आधिकरिक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्दा र सन् १९८४ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा उनी राष्ट्रिय टोलीको प्रमुख खेलाडी थिए।

शाही २०५२ सालमा एन्फाको महासचिव निर्वाचित भएका थिए। शाहीले नेपाल बक्सिङ संघको महासचिवको भूमिका पनि निर्वाह गरेका थिए।

उनी दुई कार्यकाल नेपाल बक्सिङ संघको महासचिव बनेका थिए।

प्रकाशित मिति: : 2021-01-11 10:14:00

प्रतिकृया दिनुहोस्