चार सय बढी सुब्बाका लागि लोक सेवाले माग्यो आवेदन

लोक सेवा आयोगले चार सयभन्दा बढी नायब सुब्बा पदका लागि आवेदन खुलाएको छ।

आज गोरखापत्रमा सूचना निकालेर खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना गरी ८४३ जना सुब्बाका लागि विज्ञापन खुला गरिएको हो।

लोक सेवाले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सोसरहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि योग्यता पुगेकाहरूबाट दरखास्त मागेको हो। 

आयागले काठमाडौँ कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको जनाएको छ।

यस्तै बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जना , ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने छ भने सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुने छ।

यसैगरी धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जना, जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना र पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुने लोक सेवा आयोगले प्रकाशित गरेको सुचनामा उल्लेख छ।

यसैगरी दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन खुला गरिएको छ। यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोक सेवा आयोगले जनाएको छ।

दरखास्त आयोगको वेवसाइट https://psc.gov.np/ बाट भर्न सकिने आयोगले जानकारी दिएको छ। दरखास्त दिने अन्तिम मिति माघ २० सम्म तोकिएको छ। दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-13 09:55:00

प्रतिकृया दिनुहोस्