बरिष्ठ अधिवक्ता थापाले भने– न्यूनतम ११ जनाको इजलास बनाएर मुद्दाको सुनुवाई अघि बढाऔँ

बिएल संवाददाता

काठमाडाै‌ं

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा लैजान माग गरेका छन्। 

बुधबार भएको बहसमा उनले न्यूनतम ११ जनाको इजलास बनाएर मुद्दाको सुनुवाई अघि बढाउन माग गरेका हुन्।

‘सकेसम्म धेरै न्यायधीशले यो मुद्दा हेर्नुपर्छ। कम्तीमा ११ जना न्यायाधीशको बृहत् इजलास गठन गर्नुपर्छ। विगतको नजिरसमेत रहेकाले मुद्दालाई बृहत पूर्ण इजलासमा लैजानुपर्छ,’  उनले भने। 

बुधबार संवैधानिक इजलासको सुरूमै प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले सरकारी पक्षले वृहत् पूर्ण इजलासमा मुद्दा लैजाने नहुने निवेदन दिएको भन्दै यसबारे रिट निवेदकको धारणा मागेका थिए।  

अहिले यही बिषयमा बहस भइरहेको छ। 

प्रकाशित मिति: : 2021-01-13 15:02:00

प्रतिकृया दिनुहोस्