जगजित अस्ट्रेलियाको क्लब साउथ एडिलेड प्यान्थरमा आबद्ध

बिएल संवाददाता

काठमाडाै‌ं

 नेपाली फुटबलर जगजित श्रेष्ठ अस्ट्रेलियाको क्लब साउथ एडिलेड प्यान्थरमा आबद्ध भएका छन्। 

२०२१ को सिजनका लागि साउथ एडिलेडसँग उनले सम्झौता गरेका हुन्।

साउथ एडिलेडले जगजितसँग सम्झौता गरेको जनाउँदै उनको आगमनले क्लब उत्साहित भएको उल्लेख गरेको छ।

२८ वर्षीय जगजितले ए डिभिजन लिग क्लब हिमालयन शेर्पा, फ्रेन्ड्स, थ्रीस्टार र मनाङ मर्स्याङ्दीबाट पनि खेलिसकेका छन्।

गत सिजन मनाङबाट ए डिभिजन लिग खेलेका उनी मच्छिन्द्रसँगकाे खेलमा झगडा भएपछि ५ खेलकाे प्रतिबन्धमा पनि परेका थिए। त्यसपछि उनी अस्ट्रेलिया फर्किएका थिए।

जगजित सन् २०१५ देखि अस्ट्रेलियामा बसाेबास गर्नुका साथै फुटबल पनि खेलिरहेका छन्।

जगजितले अष्ट्रेलियामा ह्युम युनाईटेड, सनसाईन जर्ज क्रस, नुवावडिङ सिटी , प्रेस्टन सिटी र पारा हिल्स नाइटबाट खेलिसकेका छन्।

प्रकाशित मिति: : 2021-01-14 11:47:00

प्रतिकृया दिनुहोस्