पिएसजी शीर्ष स्थानमा उक्लियो

पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको शीर्ष स्थानमा उक्लिएको छ।

लिग अन्तर्गत शनिबार राति अवे मैदानमा भएको खेलमा पिएसजीले एङ्गर्सलाई १–० ले पराजित गरेको हो।

पिएसजीका लागि ७० औँ मिनेटमा कुर्जावाले गरेको गोल नै जितका लागि निर्णायक बन्यो।

जितपछि शीर्ष स्थानमा पुगेको पिएसजीको २० खेलबाट ४२ अंक भएको छ। दोस्रो स्थानमा झरेको लियोनको १९ खेलबाट ४० अंक छ।

प्रकाशित मिति: : 2021-01-17 06:45:00

प्रतिकृया दिनुहोस्