सुडानमा सशस्त्र मिलिशियाले गरेको आक्रमणमा परि कम्तिमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

photo: AP, File
photo: AP, File

सुडानमा सशस्त्र मिलिशियाले गरेको आक्रमणमा परि कम्तिमा ४८ व्यक्तिको मृत्यु भएको छ।

शनिबार बिहानदेखि एल जेनिना शहरमा सुरु भएको रक्तपातपूर्ण घटना कम्तीमा ९७ व्यक्ति घाइते भएकाे सुडानी राज्य सञ्चालित समाचार संस्था सुना न्यूज एजेन्सीले पुष्टि गरेको छ।

मृतक र घाइतेको उद्धारका लागि सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको समितिले जनाएको छ।

यसैबीच, स्थानीय अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा आदेश जारी गरेका छन्।

पश्चिम डार्फर राज्यका गभर्नर मोहम्मद अब्दल्ला अल डोमाले एल जेनिनामा दुई नागरिकको बिचमा भएको लडाईबाट शुरू भएको हिंसा अन्त्य गर्न सेनालाई दिएको आदेशपछि अवस्था थप जटिल भएको हो।

 सुडानको मन्त्रिपरिषद्ले एल जेनिनाको अवस्थालाई शान्त बनाउन तथा राज्यमा शान्ति र स्थायित्व कायम गर्न तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको जनाएको छ। महान्यायाधिवक्ता ताज अल–सर अली अल–हेब्रोको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सुरक्षा, सैन्य र न्यायिक निकायका प्रतिनिधिहरू सामेल छन्।

प्रकाशित मिति: : 2021-01-18 06:15:00

प्रतिकृया दिनुहोस्