मिलानसँग हार्‍याे युभेन्टस

इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा युभेन्टसलाई पराजित गरेको छ। 

घरेलु मैदान मिलानो इटालीमा आइतबार राति भएको खेलमा इन्टरले युभेन्टसमाथि २–० को जित निकालेको हो।

इन्टरको जितमा आर्टुरो भिडाल र निको बरेल्लाले गोल गरे। खेलको १२औं मिनेटमा भिडालको गोलबाट घरेलु टोलीले १–० को अग्रता बनाएको थियो। 

५२औं मिनेटमा बरेल्लाले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे। त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर २–० ले विजयी हुन सफल भयो।

जितसँगै इन्टरले शीर्षस्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ। इन्टरको १८ खेलबाट ४० अंक पुगेको छ। एक खेल कम खेलेको मिलानको पनि ४० अंक छ। पराजित युभेन्टस १७ खेलबाट ३३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2021-01-18 08:26:00

प्रतिकृया दिनुहोस्