निश्चल बस्नेतले ‘जिन्दाबाद’ निर्माण गर्ने

निर्देशक निश्चल बस्नेतले ‘जिन्दाबाद’ निर्माण गर्ने घोषणा गरेका छन्। जन्मदिन मनाउन पालुङ पुगेका उनले त्यसै क्रममा उक्त चलचित्र घोषणा गरेका हुन्।

तर, अहिलेसम्म यो चलचित्र कस्तो बिषयवस्तुमा केन्द्रित रहन्छ भन्ने खुलाइएको छैन।

जन्मदिनको अवसरमा उनकी श्रीमती तथा अभिनेत्री स्वस्तिमा खड्का पनि उपस्थित थिइन्।

निश्चलले यो चलचित्र बनाउने चर्चा लामै समयदेखि चलेको भएपनि अहिलेसम्म यसको घोषणा भएको थिएन। चलचित्रलाई बुद्धि सागरले लेखिरहेका छन्।

३ वटा चलचित्र निर्देशन गरेका निश्चलले लुट २ पछि कुनै चलचित्रको निर्देशन गरेका थिएनन्। उनी अभिनित चलचित्र ‘घामड शेरे’ खासै चलेन। 
 

प्रकाशित मिति: : 2021-01-18 13:30:00

प्रतिकृया दिनुहोस्