इन्दुशङ्कर उद्योगबाट चालु यामको २० करोड रुपैयाँ उखु किसानलाई भुक्तानी

हरिवन नगरपालिका– ११ स्थित इन्दुशङ्कर चिनी उद्योगले चालु यामको भुक्तानी सुरु गरेको छ । मुलुकका कतिपय चिनी उद्योगले वर्षौंँदेखिको भुक्तानी नगरिरहेका अवस्थामा सो उद्योगले उखु किसानबाट चालु याममै खरीद गरिएको उखुको भुक्तानी सुरु गरेको हो ।

उद्योगले गत वर्ष उखुको मूल्यलाई नै आधार मानेर उखु उत्पादक किसानलाई यस वर्षको उखु खरीद गरेवापतको रकम भुक्तानी सुरु गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए ।

गत पुस ६ गतेदेखि सञ्चालित उद्योगले ७ लाख २२ हजार क्विन्टलभन्दा बढी उखु पेलिसकेको रजकले बताए । उनका अनुसार गत पुस १५ गतेसम्मको उखु खरीदवापतको करीब २० करोड रुपैयाँ बैंक खातामार्फत भुक्तानी भइसकेको र पुस २९ सम्मको भुक्तानी माघ ७ गतेदेखि गर्ने तयारी गरिएको छ ।

पहिलो चरणमा १२ करोड रुपैयाा र दोस्रो चरणमा आठ करोड रुपैयाँ भुक्तानी गरिसकिएको र सो अवधिमा पेलिएको उखुको बाँकी भुक्तानी बुधबारदेखि सुरु गरिने रजकले बताए । हाल सङ्घीय सरकारले उखुको मूल्य कायम नगरेको भए पनि गत सालको मूल्यलाई आधार मानेर भुक्तानी सुरु गरिरहेको जनाइएको छ ।

सरकारले पछि तोकेको मूल्य अहिले किसानलाई भुक्तानी गरिएको मूल्यभन्दा धेरै हुन आएमा वा फरक परेमा थप रकम उखु उत्पादक किसानका खातामा हालिदिने उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले जानकारी दिए ।

जिल्लाकै धनकौलस्थित अन्नपूर्ण सुगर मिलले भने विगत वर्षकै करोडौंँ रकम भुक्तानी नगरेको किसानले गुनासो गर्दै आएका छन् । जिल्लाको अर्काे महालक्ष्मी सुगर मिलले भने किसानको बक्यौता भुक्तानी गरिसकिएको जनाएको छ ।

इन्दुशङ्कर चिनी उद्योगले भने मुलुकभरका अन्य उद्योगका तुलनामा किसानको भुक्तानी समयमै गर्ने गरेको छ जुन किसानको भुक्तानी बाँकी नराख्ने एक मात्र उद्योग पनि हो ।

प्रकाशित मिति: : 2021-01-19 07:00:00

प्रतिकृया दिनुहोस्