आर्सनलकाे सानदार जित

आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ।

आर्सनलले घरेलु मैदान इमिरेट्स स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा न्युक्यासल युनाइटेडमाथि ३–० को सानदार जित निकालेको हो। 

आर्सनलको जितमा  कप्तान पिएरे इमरिक औवामियाङले दुई तथा एक गोल बुकायो साकाले गरे।

५०औं मिनेटमा कप्तान औवामियाङले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए। 

६०औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे।

७७औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनलको जित पक्का गरे। 

जितसँगै आर्सनल १९ खेलबाट २७ अंक जोडेर १०औं स्थनमा उक्लिएको छ। पराजित न्युक्यासल १९ अंकसहित १५औं स्थनमा छ।

प्रकाशित मिति: : 2021-01-19 07:09:00

प्रतिकृया दिनुहोस्