संसद् विघटन : अब बहस आधा घण्टा मै सक्न पर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले संसद् विघटनका मुद्दामा बहस गर्न अधिवक्ताहरुलाई आधा घण्टाको समय तोकेका छन्। 

बुधबारको इजलासमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई प्रधानन्यायाधीश जबराले भने, ‘डासाबलाई आधा घण्टा, आजदेखि हामीले समय निर्धारण गरेका छौं।’ 

यसअघि अधिवक्ताहरुले चाहेजति समय बहस गर्न पाउँथे। तर  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ चलिरहँदा संवैधानिक इजलासमा एउटै कानुन व्यवसायीले घण्टौं समय लिएर बहस गर्न थालेपछि मुद्दा फैसलामा ढिलाइ हुने चिन्ता व्यक्त गरिएको थियो।

बहस सुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर नै राखिएको छ।

प्रधान न्यायाधीश अध्यक्षताको इजलासमा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ,अनिल सिन्हा,सपना प्रधान मल्ल र तेजबहादुर केसी छन्।

प्रकाशित मिति: : 2021-01-20 12:06:00

प्रतिकृया दिनुहोस्