जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

photo:.REUTERS/Philimon Bulawayo
photo:.REUTERS/Philimon Bulawayo

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको  निधन भएको छ ।

 बुधबार उनको निधन भएको अधिकारीहरुले जनाएका छन्।

जिम्बाब्बेमा कोरोनाका कारण निधन भएका मन्त्रीमध्ये उनी तेस्रो मन्त्री भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उनको निधन भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् ।

उनका पारिवारिक सदस्यले पनि कोरोनाका कारण उनको निधन भएको बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।

“मेरा दाजुको कोरोनाभाइरसका कारण निधन भएको छ, उहाँलाई हिजो मात्रै कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो,” उनका एक भाइले बुधबार भनेका छन्।

 

प्रकाशित मिति: : 2021-01-20 21:23:00

प्रतिकृया दिनुहोस्