मड्रिड कोपा डेल रेको अन्तिम ३२ राउन्डबाट बाहिरियाे

रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम ३२ राउन्डबाट बाहिरिएको छ।

तेस्रो श्रेणीको एल्कोयानोसँग अतिरिक्त समयमा पराजित हुँदै  रियल  बाहिरिएको हो। 

एल्कोयानोको मैदानमा बुधबार राति भएको खेलमा रियलले खेलको ४५औं मिनेटमा इडर मिलिटाओले मार्सेलोको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।

८०औं मिनेटमा सब्सिच्युट जोस सोल्वेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। 

त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो।

१०९औं मिनेटमा एल्कोयानो १० खेलाडीमा समेटियो। क्यासमिरोमाथि फल गरेपछि रामोन लोपेज दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए। 

११५औं मिनेटमा जुआनानले एलि डियाकिटको पासमा गोल गर्दै रियललाई स्तब्ध पार्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो।

प्रकाशित मिति: : 2021-01-21 08:09:00

प्रतिकृया दिनुहोस्