हार्‍यो लिग लिडर एसी मिलान

इटालियन सिरी ए मा लिग लिडर एसी मिलान पराजित भएको छ । 

लिग अन्तर्गत शनिबार राति भएको घरेलु मैदानमा भएको खेलमा एसी मिलान एट्लान्टासँग ३–० ले पराजित भएको हो ।

एट्लान्टाका लागि २६ औँ मिनेटमा क्रिष्टियन रोमेरोले गाेल गरेका थिए। ५३ औँ मिनेटमा पाएको पेनाल्टीमा जोसिप इलिसिकले गाेल गर्दै अग्रता दाेब्बर बनाए।

७७ औँ मिनेटमा डुभान जापाताले गोल गर्दै ३-० काे जित दिलाए।

पराजित भएको एसी मिलानको १९ खेलबाट ४३ अंक भएको छ ।

प्रकाशित मिति: : 2021-01-24 07:58:00

प्रतिकृया दिनुहोस्