सरकारी अड्डामा म्यानपावर व्यवसायीको अनुगमन !

अनलाइनखबर

काठमाडौँ

रवीन्द्र घिमिरे

वैदेशिक रोजगार कार्यालय, ताहाचलमा मंगलबार विहानदेखि भीडभाड थियो । विदेश जान श्रम स्वीकृति लिन पुगेकाहरुलाई गेटमा बसेका सुरक्षा गार्डले कागजात हेरेर मात्रै भित्र पठाउँथे । गेटको मुखमै बसेका दलालहरु सेवाग्राहीलाई आउँदा-जाँदा सोधिरहन्थे, ‘ दाइको भित्र के काम हो ?, काम भयो त ?’

मध्यान्ह १२ बजेतिर एकाएक गाडीका लस्कर आइपुगे । दक्षिण भारतीय फिल्ममा देखाइने दृश्यको झल्को दिने गरी गाडीबाट टाइसुट, चश्मा लगाएका केही मानिसहरु झरे । कार्यालयका सुरक्षा गार्डले पनि मुस्काउँदै सलाम ठोके ।

त्यो दृश्यले श्रम स्वीकृति लिन त्यहाँ पुगेकाहरुसँगै हाम्रो पनि ध्यान तान्यो । उनीहरु म्यानपावर व्यवसायी रहेछन् । र, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका क्रममा सरकारी कार्यालय ‘अनुगमन’ गर्न आएका रहेछन् । सरकारी अनुगमनको अभावमा म्यानपावरबाटै कामदार ठगिने क्रम बढ्दै गर्दा व्यवसायी नै नियमनकारी निकायमा अनुगमन गर्न भन्दै पुगेका थिए ।

उनीहरुले श्रम स्वीकृतिका लागि पुगेकाहरुको काम समयमा भए/नभएको चासो दिएनन् । व्यवसायीहरु कार्यालय प्रमुखको कार्यकक्षतिर सोझिए । ठूलो समूह आएको देखिएपछि एक कर्मचारीले कार्यालय छिर्ने च्यानल गेट ताने । लगत्तै व्यवसायीले होहल्ला गरे । उनीहरु जंगिए, ‘मान्छे आएको देख्दा देख्दै सरकारी कार्यालयको गेट किन लगाउने ?’

प्रकाशित मिति: : 2021-01-26 21:26:00

प्रतिकृया दिनुहोस्