संवैधानिक इजलासमा ११औं दिनको बहस– अञ्जु पन्तको गीतदेखि ताजा तरकारी र बासी भातसम्मको चर्चा

लोकान्तर

काठमाडाैं

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइका क्रममा संवैधानिक इजलासमा नयाँ र रोचक विषयले प्रवेश पाउने गरेका छन् । 

बिहीवारको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस गर्ने अधिवक्ताहरूले गायिका अञ्जु पन्तको गीत 'न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई देखि 'बासी भात' सम्मको चर्चा गरे । 

शुरूमै बहस गरेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले गायिका पन्तको गीत सम्झिए । प्रधानमन्त्रीले अदालतलाई दिएको लिखित जवाफ पढेर आफूलाई अञ्जु पन्तले गएको गीत याद आएको उनको भनाइ थियो ।

'एउटा गीत छ श्रीमान्, अञ्जु पन्तको– न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई … भन्ने जो निकै व्यापक भएको थियो, उहाँको लिखित जवाफ देखेर मलाई त्यही याद आयो ।' 

उनले दुईवटा संविधान सभाले यथेष्ट छलफल गरेर बनाएको संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको जिकिर गरे ।

प्रतिनिधि सभा विघटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखलगायत अरू कसैसँग पनि परामर्श नगरी संसदीय व्यवस्थाको परम्परा देखाएको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।

प्रकाशित मिति: : 2021-01-28 19:03:00

प्रतिकृया दिनुहोस्