प्रचण्ड पक्षले हटायो महासचिव पौडेललाई, आधिकारिक नेकपाको दाबी गर्ने निर्णय 

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) को नेतृत्वको केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले पार्टी महासचिव विष्णु पौडेललाई पार्टीबाट हटाउने निर्णय गरेको छ। पौडेल ओली समूहमा लागेका छन्। 

साविक माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने यसअघि सो पक्षको स्थायी समितिले गरेको निर्णय अनुमोदन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध भएको दुई चरणको कार्यक्रम सफल भएको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने र निर्वाचन आयोगमा लिखित जवाफसहित पार्टीको आधिकारिकताको दावी गर्दै आयोगलाई पत्र लेख्ने पनि निर्णय गरेको छ।

प्रकाशित मिति: : 2021-02-01 16:56:00

प्रतिकृया दिनुहोस्