‘एमसिसी चाहिँदैन’ भनेर कार्यकर्ताले नारा लगाए, प्रचण्डले रोके

सेतोपाटी

काठमाडाै‌ं

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीविरूद्ध नारा लगाउन रोकेका छन्।

प्रचण्ड-नेपालले गरेको आमहड्तालमा सहभागी हुन पुल्चोक पुगेका प्रचण्डले त्यहाँ केहीबेर नाराबाजी गरेका थिए।

कार्यकर्ताले नारा लगाउने क्रममा अमेरिकी परियोजना एमसिसीविरूद्ध नारा लगाएका थिए। तर प्रचण्डले तत्कालै त्यो नारा रोक्न लगाए।

कार्यकर्ताले ‘एमसिसी चाहिँदैन’ भन्दै गर्दा प्रचण्डले हातले संकेत गरेर नारा नलगाउन भने।

प्रकाशित मिति: : 2021-02-04 12:39:00

प्रतिकृया दिनुहोस्