प्रहरीको कुटाइबाट गम्भीर घाइते झालाई थप उपचारका लागि काठमाडौं लगिँदै

विजय साह

जनकपुर
Breaknlinks
Breaknlinks

प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका नेकपा (प्रचण्ड) समूहका नेता तथा पूर्वमन्त्री रामचन्द्र झालाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ।

उनी बिहीबार पार्टीले आव्हान गरेको आमहड्तालको क्रममाः प्रहरीको कुटाईबाट टाउको फुटेको छ। उनको जनकपुर प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि काठमाडौं ल्याइएको नेकपा नेताले जानकारी दिएका छन्।

प्रदर्शनकारीसँगको झडपपछि प्रहरीले एक दर्जन राउण्ड हवाई फायर  र दर्जनौँ सेल अश्रुग्यास फायर गरेको थियो। 

प्रदर्शनकारीहरु बिहानैदेखि जनकपुरको बजारह बन्द गराउँदै हिँडेका थिए। जानकीचौकबाट शिवचौक जाँदै गरेका प्रदर्शनकारीले एउटा भ्यानमा तोड्फोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले नियन्त्रणमा लिन हवाइ फायर र आश्रुग्यास खोेलेपछि झडप भएको हो।

गाडीमा तोडफोड हुनै लाग्दा त्यहाँ पुगेका पूर्वमन्त्री मातृकाप्रसाद यादवले प्रहरी र प्रर्दशनकारीलाई सम्झाउँदै रोक्न खोजेका थिए। केही नेता कार्यकर्तालाई पक्राउ गरेका प्रहरी अश्रुग्यास समेत प्रहार गरी प्रदर्शनकारीलाई भानुचौकतर्फ लखेटेका थिए।


जनकपुरमा आन्दोलनकारी–प्रहरी झडप, नेता रामचन्द्र झाको टाउको फुट्यो

संवैधानिक परिषद्को नियुक्ती गलतः माधव नेपाल (भिडियोसहित)

विराटनगरमा प्रहरी र युवाहरुबीच टायर तानतान

आमहड्तालको विरोध गर्दै सडकमा उत्रे युवा (फोटोफिचर)

जम्मा ४ जना बस्छन् , ढुँगा हान्न खोज्छन्: यातायात व्यवसायी अर्जुन प्रसाद ढुँगाना

प्रकाशित मिति: : 2021-02-04 15:48:00

प्रतिकृया दिनुहोस्