संवैधानिक परिषद्को नियुक्ती गलतः माधव नेपाल (भिडियोसहित)

नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली निरकुंश शासक भएको बताएका छन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल बिहीबार आमहड्ताल सफल पार्न आफै खटिएका थिए। आफ्नो चुनाव क्षेत्र कोटेश्वर चौकमा भाषण गर्न एका बिहान पुगेका नेपालले संवैधानिक परिषद्को नियुक्त प्रकृया गलत भएको बताए। 

बन्दकर्तालाई उर्जा भर्न उपत्यकाको विभिन्न ठाउँ पुगेका उनले प्रधानान्त्री ओलीलाई गणतन्त्र र संघीयतासँग कुनै सरोकार नभएको बताए। नेपालले भने, ‘अहिलेको काम चलाउ प्रधानमन्त्री केपी ओलीजीले संविधान मिच्दै अगाडी बढिरहनु भएको छ। उनमा एकपछि अर्को अधिनायकवादी चरित्र देखापर्न थालेको छ।’

प्रकाशित मिति: : 2021-02-04 11:38:00

प्रतिकृया दिनुहोस्