जम्मा ४ जना बस्छन् , ढुँगा हान्न खोज्छन्: यातायात व्यवसायी अर्जुन प्रसाद ढुँगाना

विजय साह

जनकपुर

बिहीबार अचम्मको दृष्य देखियो, महोत्तरीको बर्दिबासमा। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपाका केही कार्यकर्ता २३ गते काठमाडौंमा आयोजना हुन लागेको विशाल जनप्रदर्शनका लागि यहाँबाट हिँड्न लागेका थिए। सूर्य चिन्ह बोकेर पूर्व जनमोर्चा उदयपुर, कटारी मरूवाबासी माधव कोईरालासहित केही मान्छे बसेको देखेर उनीहरूले सोधेछन्, ‘एका बिहानै अर्के पार्टीको झण्डा बोकेर किन बस्नुभयो, कमरेड?’  

उनले जवाफ दिए, ‘ प्रधानमन्त्रीको असवैंधानिक कदमबिरूद्ध आमहड्ताल गर्न बसेको हो।’ उनको त्यो कुरा सुनेर ओली पक्षधर रमाइलो मानिरहेका थिए। आमहड्ताल भनेपनि दश बजेपछि यहाँ निर्बाध रूपमा यातायात चल्न सुरु भइसकेको थियो। ओली पक्षधरले झण्डाको विषयलाई लिएर आपत्ति जनाए। भन्दैथिए, ‘सूर्यले हड्ताल गर्दैन। समृद्धि गर्छ।’

यस्तै, अर्को दृष्य लालगढमा पनि देखियो। नवलपरासी कावासोतीका अर्जुन प्रसाद ढुँगाना पेशाले यातायात व्यवसायी हुन्। उनी लामो दुरीको गाडी चलाउँछन्। विगत लामो समयदेखि ट्रान्सपोर्टको व्यवसाय गरेका उनी भन्दैथिए, ‘४ जना चोकमा बसेका छन्। हड्ताल भन्छन्। गाडीमा ढुँगा हान्न खोज्छन्।’

कोरोना संक्रमणका कारण यसै पनि देशको अर्थव्यवस्था थलिएको छ। जनता रोजगारीबाट बञ्चित हुँदा त्यसै पनि संकटमा छन्। यसमा पनि आमहड्तालले गम्भीर अवस्था सिर्जना भएको उनको भनाई छ। ‘हड्ताल यसै पनि कुनै कुराको समाधान होइन। यो हामी जनतालाई नै दुःख दिन गरिएको त होला नि,’ उनले भने। बर्दीवासमा झण्डा बोक्नेहरू नारायणकाजी श्रेष्ठका कार्यकर्ता थिए।


संवैधानिक परिषद्को नियुक्ती गलतः माधव नेपाल (भिडियोसहित)

विराटनगरमा प्रहरी र युवाहरुबीच टायर तानतान

आमहड्तालको विरोध गर्दै सडकमा उत्रे युवा (फोटोफिचर)


प्रकाशित मिति: : 2021-02-04 14:26:00

प्रतिकृया दिनुहोस्