
विजय साह
जनकपुरमा प्रहरी र नेकपा (प्रचण्ड) समूहका प्रदर्शनकारीबीच झडप भएको छ। झडपमा परी नेकपा (प्रचण्ड) समूहका नेता पूर्वमन्त्री रामचन्द्र झा गम्भीर घाइते भएका छन् ।
नेता झाको टाउको फुटेको छ । उनलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको छ ।
प्रदर्शनकारीसँगको झडपपछि प्रहरीले एक दर्जन राउण्ड हवाई फायर र दर्जनौँ सेल अश्रुग्यास फायर गरेको छ।
प्रदर्शनकारीहरु बिहानैदेखि जनकपुरको बजारह बन्द गराउँदै हिँडेका थिए । जानकीचौकबाट शिवचौक जाँदै गरेका प्रदर्शनकारीले एउटा भ्यानमा तोड्फोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियाे । प्रहरीले नियन्त्रणमा लिन हवाइ फायर र आश्रुग्यास खोेलेपछि झडप भएको हो।
गाडीमा तोडफोड हुनै लाग्दा त्यहाँ पुगेका पूर्वमन्त्री मातृकाप्रसाद यादवले प्रहरी र प्रर्दशनकारीलाई सम्झाउँदै रोक्न खोजेका थिए । जनकचौकबाट आएका थप प्रहरी बल हवाइ फायर गर्न थालेपछि प्रदर्शनकारी उग्र बने । तनाव उत्पन्न भएको छ।
केही नेता कार्यकर्तालाई पक्राउ गरेका प्रहरी अश्रुग्यास समेत प्रहार गरी प्रदर्शनकारीलाई भानुचौकतर्फ लखेटेका थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया