सैन्य प्रदर्शनले उब्जाएका प्रश्न

नेपाल लाइभ

काठमाडाै‌ं

काठमाडौंको नारायणहिटी दरबार क्षेत्र कुनै बेला ‘निषेधित क्षेत्र’ थियो। दरबारको सामुन्ने मात्र होइन, वरपरसम्म पनि धर्ना, जुलुस वा प्रदर्शन गर्न पाइन्नथ्यो। 
यो देशमा राष्ट्राध्यक्षका रुपमा राजा रहेको राजतन्त्रकालीन कुरा थियो। अहिले राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र चलायमान छ। राजाको त्यसबेलाको मुकाम, नारायणहिटी राजदरबार अहिले नारायणहिटी दरबार संग्रहालयमा परिणत भइसकेको छ।

ऐतिहासिक महत्व भएपनि यसको परिचय पछिल्लो समय महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा छ। त्यसबेलाको दरबारभित्र के थियो भनेर हेर्न, जान्न चाहने जिज्ञासुहरुको प्रायः त्यहाँ घुईंचो लाग्छ। शुक्रबार भने नारायणहिटी दरबार क्षेत्र अर्कै कारणले चर्चामा आयो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारपक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो शक्ति प्रदर्शन गर्ने स्थलका रुपमा नारायणहिटीकै सामुन्नेको प्रांगण रोजेपछि यसको चर्चा ह्वात्तै चुलियो। तर, यो चर्चाभित्र अधिकांश संशयको हिस्सा थियो। पार्टीभित्रको शक्तिसंघर्ष पन्छाउन प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओली लगामविहीन शासन चलाउने तत्कालीन राजा ज्ञानेन्द्रकै ‘पथ’मा अग्रसर भएको टिप्पणी भइरहँदा ओलीको रोजाइमा नारायणहिटी प्रांगण परेको थियो। 

प्रकाशित मिति: : 2021-02-06 19:28:00

प्रतिकृया दिनुहोस्