धरानका किरण तेश्रो दुवाथलनको च्याम्पियन

सुनसरीका किरण लिम्बु तेश्रो संस्करणको क्रस दुवाथलन सिरिजमा च्याम्पियन भएका छन् । २.५ किमी दौड, १० किमी साईक्लिङ्ग र १.३ किमी दौड ३५ मिनट ३४.४१ सेकेन्डमा पुरा गर्दै लिम्बु च्याम्पियन भएका हुन् ।

लिम्बुले पुरा गरेको समय तेश्रो संस्करणसम्मको सबैभन्दा छोटो समय हो । पहिलो संस्करणमा सुरेश भुजेलले ३५ः४० मिनटमा र दोश्रो संस्करणमा अच्युत कृष्ण खरेल ३७ मिनट २७ सेकेन्डमा दुरी पुरा गर्दै च्याम्पियन बनेका थिए । महिलातर्फ भने अनिशा गुरुङ्गले ४३ः५४ मिनटको छोटो समय कायम राखेकी छिन् । उनले पहिलो संस्करणमा उक्त समयमा निर्धारित दुरी पुरा गरेकी थिइन। । 

नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा भएको सिरिजमा महिलातर्फ बिदिशा चौधरीले निर्धारित दुरी ४९ मिनट ५२.४१ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भइन। दुई मात्र खेलाडीले सहभागिता जनाएको महिलाको प्रतिस्पर्धामा अर्की खेलाडीले निर्धारित दुरी पुरा गर्न नसकी बीचमै प्रतिस्पर्धा त्यागे पछि चौधरी च्याम्पियनको हकदार बनेकी थिइन। लिम्बु र चौधरीले किङ्गस लञ्जद्वारा प्रायोजित ३ हजार बराबरको भौचर, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

ललितपुरको बज्रबाराही, झरुवारासीमा भएको च्याम्पियनसिपको पुरुषतर्फ सुरज कुमार पासवान दोश्रो र मौलिक महर्जन तेश्रो भए । पासवानले निर्धारित दुरी ४० मिनट ३२।९३ सेकेन्डमा र महर्जनले ४० मिनट ५६।८५ सेकेन्डमा पुरा गरे ।
दोश्रो हुनेले पिएएन्सी (प्याङ्क) को तर्फबाट प्रदान गरिएको खेलाडीले प्रयोग गर्ने सामाग्री प्राप्त गरे भने तेश्रो हुनेले टेरिज क्याफेसिनोको तर्फबाट प्रदान गरिएको ५ सय बराबरको भौचर प्राप्त गरे । यस्तै बिजयी सवैलाई प्याङ्कको तर्फबाट निशुल्क साईकल मर्मतको भौचर प्राप्त गरे ।

प्रकाशित मिति: : 2021-02-07 07:48:00

प्रतिकृया दिनुहोस्