राज्यमन्त्री मानन्धरले गरे अनुदानको खोप बढाइदिन भारतसँग आग्रह

Thahakhabar

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताएका छन्। 

उनले सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन भन्दै आग्रह गरेको बताए। भारत सरकारले नेपाललाई १० लाख डोज खोप सहयोग गरिसकेको छ।

लामो अवधि गीत गाए वापत् ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ गराएपछि त्यसको प्रमाणपत्र लिन नयाँ दिल्ली गएका उनी आज स्वदेश फर्किएका हुन्। उनले गत पुस १० गते चार घन्टा पाँच मिनेट २० सेकेण्डसम्म लगातर गीत गाएर उक्त रेकर्ड बनाएका हुन्। 

प्रकाशित मिति: : 2021-02-07 21:40:00

प्रतिकृया दिनुहोस्