ज्लाटनको क्लब फुटबलमा ५ सय गोल पुरा

Photo: Getty Images
Photo: Getty Images

ज्लाटन इब्राहिमोभिकले क्लब फुटबलमा ५ सय गोलको कोशेढुंगा पुरा गरेका छन्। इटालियन सिरीया अन्तर्गत क्रोटोनविरूद्ध आइतबार राती भएको खेलमा ज्लाटनले दुई गोल गरेपछि यो कोशेढुंगालाई पार गरेका हुन्। 

३९ वर्षीय स्विडिस स्ट्राइकरले पहिलो हाफको ३० र दोस्रो हाफको ६४ मिनेटमा गोल गरेका थिए। सन् १९९९ मा स्विडिस क्लब माल्मोका लागि पहिलो गोल गरेका ज्लाटन त्यतिबेला २१ वर्षको थिए। क्लब फुटबलमा उनको ५ सय १ गोल पुरा भएको छ। 

मिलानको जितमा आन्टे रेबिकले पनि ६९ र ७० मिनेटमा गोल गरे। एसी मिलान ४–० ले विजयी भएको थियो। यो जितसँगै २१ खेलमा ४९ अंक जोडेको एसी मिलान आफ्नो पुरानो प्रतिद्धन्द्धी इन्टर मिलानभन्दा दुई अंकले माथि रहँदै शीर्ष स्थानमा पुगेको छ। इन्टरको ४७ अंक छ।

प्रकाशित मिति: : 2021-02-08 08:05:00

प्रतिकृया दिनुहोस्