ला लिगामा एट्लेटिकोको अग्रता कायमै, ग्रानाडामाथि दुई गोलको जित

एट्लेटिको म्याड्रिडले ला लिगामा बार्सिलोना र रियल म्याड्रिडभन्दा पुनः आठ अंकको अग्रता बनाएको छ। शनिबार खेलिएको खेलमा ग्रानाडामाथि १–२ को जित हात पार्दै डिएगो सिमेनोको टिमले शीर्ष स्थानमा आफ्नो उपस्थिति मजबुत बनाउदै लगेको हो। 

लुईस सुआरेज भित्रिएपछि बलियो देखिएको एट्लेटिकोका लागि मार्कोस लोरेन्टेले ६३ र एञ्जेल कोरियाले ७५ मिनेटमा गोल गरेका थिए। घरेलु ग्रानाडाका यान्गेल हेरेराले ६६ मिनेटमा गोल गर्दे खेललाई बराबरी ल्याएका थिए। तर, त्यो लामो समय टिकेन। 

सुआरेजको दोस्रो हाफको सुरुवातमा एउटा प्रहार पोलमा लागेर फर्किएको थियो। एट्लेटिकोको २१ खेलमा ५४ अंक छ। बार्सिलोना र रियलले २२ खेलमा ४६ अंक बटुलेका छन्।

प्रकाशित मिति: : 2021-02-14 07:39:00

प्रतिकृया दिनुहोस्