नेकपा (प्रचण्ड) द्वारा थप आन्दोलनको घोषणा 

Breaknlinks
Breaknlinks

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

केन्द्रीय संघर्ष समितिले आइतबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो  बनाएर विरोध गर्ने कार्यक्रम रहेको छ।

फागुन ७ मा सबै वडामा विरोध गर्ने बताइएको छ। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको छ। 


 

प्रकाशित मिति: : 2021-02-14 14:43:00

प्रतिकृया दिनुहोस्