मध्य प्रदेशमा दुःखद घटना, बस दुर्घटनामा १५ यात्रुको मृत्यु

Photo - kalingatv
Photo - kalingatv

मध्य प्रदेशमा मंगलबार बिहान दुःखद घटना घटेको छ। यात्री बोकेको बस बाणसागर नगरमा झर्दा १५ जनाको निधन भएको छ भने अन्य वेपत्ता छन्। बसमा कूल ५४ यात्री थिए।

स्थानीय प्रहरीले १५ जनाको मृत शरीर नहरबाट निकालिएको बताएको छ। ७ यात्री बचेर निस्किएको, जसमा चालक पनि रहेको प्रहरीको भनाई छ।

एएसपी अन्जुलता पटेलले ४० भन्दा बढी यात्रु मरेको हुनसक्ने आशंका व्यक्त गरे। घटना बिहान साढे सात बजे भएको थियो। बस सतना जाँदै थियो।

प्रहरीले ३२ सिट क्षमताको बसमा अत्याधिक यात्रु कोचेर लग्दा घटना भएको बताएको छ।
 

प्रकाशित मिति: : 2021-02-16 12:24:00

प्रतिकृया दिनुहोस्