लिभरपुलको सहज जित

File :  liverpool twitter
File : liverpool twitter

लिभरपुलले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा सहज जित हात पारेको छ।

मंगलबार राति भएको खेलमा लिभरपुलले आरबी लेइप्जिगलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो।

 लिभरपुलका लागि मोहम्मद सालह र साडिओ मानेले गोल गरेका हुन्। दुवै गोल दोस्रो हाफमा भएको हो।

खेलको ५३ औँ मिनेटमा सालहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

त्यसको ५ मिनेट अर्थात खेलको ५८ औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २-० को सहज जित दिलाए। 

अब दोस्रो लेग आउँदो मार्च १० मा लिभरपुलको मैदान एनफिल्डमा हुनेछ।



 

प्रकाशित मिति: : 2021-02-17 07:27:00

प्रतिकृया दिनुहोस्