भागरथी हत्या प्रकरण: अभियुक्त दिनेशलाई पाँच दिन हिरासतमा राख्न अनुमति

Breaknlinks
Breaknlinks

बैतडीकी भागरथी भट्टको हत्याका आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई  हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

हत्या आरोपी भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत बैतडीले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

सुदुर पश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको जानकारी दिए।

बुधबार दिउँसो प्रहरीले पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको थियो। आरोपी भट्टविरुद्ध प्रहरीले बुधबार विहान किटानी जाहेरी दर्ता गराएको थियो। 

 

 

प्रकाशित मिति: : 2021-02-17 16:09:00

प्रतिकृया दिनुहोस्