‘समृद्ध नेपाल’मा महँगीको मार

शुष्मा बराली

ललितपुर गाबहालस्थित परिज् टेस्टी मःम पसलका सञ्चालक हुन्, प्रदीप गुरुङ (४४ वर्ष) । पाँच वर्षदेखि मःम, चाउमिन, ससेज, आलुचपलगायत फास्टफुडको व्यापार गर्दै आएका उनी दिनानुदिन बढ्दो महँगीले दैनिक व्यापार गरेर पनि छाक टार्न मुस्किल परेको बताउँछन्।

‘कच्चा पदार्थको भाउले आकाश छोइसक्यो, यसरी त कसरी व्यापार गर्नु ?’ उनी प्रश्न गर्छन् । उनले यस वर्ष कोरोना महामारीका कारण लामो समय पसल बन्द गर्नुपर्‍यो । लकडाउनका बेला भएको घाटा असुल गर्न सकेका छैनन्, अझै । लकडाउन खुलेपछि साथीभाइसँग सापटी लिएर फेरि मःम पसल सञ्चालनमा ल्याए । ‘बाँचुन्जेल काम गरौँ, एक दिन त ऋण कसो नतिरिएला,’ उनी आशावादी छन्।

मःमका लागि आवश्यक मासु, तरकारी, तेल र मरमसलाको भाउ बढेअनुरूप मःमको मूल्य बढेको छैन । उनी भन्छन्, ‘सानो ठाउँ छ, मेरो पसलमा खान आउने अधिकांश ग्राहक मजस्तै श्रमिक, मजदुर हुन्छन्, उनीहरूसँग बढी पैसा कसरी लिनु?’

प्रकाशित मिति: : 2021-02-18 21:19:00

प्रतिकृया दिनुहोस्