राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले दियो ५ सय बढी कैदीबन्दीलाई सजाय मिनाहा

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले ५ सय भन्दा बढी कैदीबन्दीको कैद सजाय माफी गरीदिएको छ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्।

सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।
 

प्रकाशित मिति: : 2021-02-19 08:44:00

प्रतिकृया दिनुहोस्