कञ्चनपुरमा १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ परेका छन्।
बेलौरी नगरपालिका-६ बिद्यानगर घर भएका महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङगानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
विद्यालयको कक्षा कोठामा बुधबार बिहान बालिकालाई ढुङगानाले यौन दुर्व्यवहार गरेकाे अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।