कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध हुने खेलका ३१ सदस्यीय टोली घोषणा गरेको छ।
छनोट चरण अन्तर्गत घरेलु मैदान दशरथ रंगशालामा चैत १७ गते हुने खेलका लागि एन्फाले शुक्रबार तेस्रो चरणमा ३१ सदस्यीय टोली घोषणा गरेको हो।
गत मंसिरमा विश्वकप छनोट खेललाई लक्षित गर्दै ५८ सदस्यीय टोलीको घोषणा गरेको थियो । त्यसपछि उक्त टोलीले तीन साता पोखरामा प्रशिक्षण गरेपछि एन्फाले दोस्रो चरणबाट ३८ खेलाडीमात्र प्रशिक्षणमा राखेको थियोे।
एन्फाले यसपटक घोषणा गरेको टोलीबाट अर्पण कार्की, सेसेहाङ आङदेम्बे, सरोज दाहाल, देवेन्द्र तामाङ, दिलेन लोक्तान, विकास तामाङ र सुवास गुरुङलाई बाहिर छन्। हो ।
यता गोलरक्षक किरण चेम्जोङ र फरवार्ड अभिषेक रिजाल दुवै भारतको शीर्ष डिभिजन लिग, आइ-लिग खेल्न व्यस्त छन्।
दुवै खेलाडी खेल हुनुभन्दा केहि दिन अघि मात्र नेपाल आइपुग्नेछन् । अब अन्तिम छनोटमा भने २३ खेलाडीको नाम रहनेछ।
घोषणा गरिएको ३१ सदस्यीय टोली :
गोलरक्षक– विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार
डिफेन्डर – रजिन धिमाल, बिराज महर्जन, बिकास खवास, अनन्त तामाङ, छिरिङ गुरुङ, दिनेश राजवंशी, अजित भण्डारी, सुरज बिक, रोहित चन्द, निशान खड्का, पाल्सङ लामा
मिडफिल्डर – सुजल श्रेष्ठ, बिशाल राई, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापामगर, एरिक विष्ट, तेज तामाङ, रवि पासवान, त्रिदेव गुरुङ, सन्जोक राई, अन्जन विष्ट
फरवार्ड – भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, आशिष लामा र जर्ज प्रिन्स कार्की