१-१ को बराबरीमा रोकियो चेल्सी, १३औं स्थानमा साउथह्याम्टन 

Breaknlinks
Breaknlinks

इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ। 

साउथह्याम्टनको घरेलु मैदान सेन्ट मेरीज स्टेडियममा  शनिबार राति भएको खेलमा चेल्सी १-१ को बराबरीमा रोकिएको हो।

साउथह्याम्टनका ताकुमी मिनामिनोले गोल गर्दा चेल्सीका मासन माउन्टले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए। उथह्याम्टनले खेलको ३३औं मिनेटमा मिनामिनोको गोलबाट पहिलो हाफमा १-० को अग्रता लिएको थियो। 

५४औं मिनेटमा मासन माउन्टले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। बराबरीसँगै चेल्सी २५ खेलबाट ४३ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । 

साउथह्याम्टन २४ खेलबाट ३० अंक जोडेर १३औं स्थानमा छ।

प्रकाशित मिति: : 2021-02-21 07:07:00

प्रतिकृया दिनुहोस्