लेभान्टेसँग  एथ्लेटिको मड्रिड स्तब्ध

Photo : Twitter
Photo : Twitter

स्पेनिस ला लिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड स्तब्ध भएको छ।

घरेलु मैदानमा  शनिबार राति भएको खेलभएको खेलमा एथ्लेटिको लेभान्टेसँग २–० ले पराजित भएको हो।

एथ्लेटिकोका हर्मोसोले ३० औँ मिनेटमा आत्मघाती गोल गरे। इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा होर्गे डी फ्रुतोसले गोल गरि लेभान्टेलाई २–० को जित दिलाए।

पराजित भए पनि एथ्लेटिको शीर्ष स्थानमै कायम छ। उसको २३ खेलबाट ५५ अंक भएको छ । ३१ अंकसहित लेभान्टे आठौँ स्थानमा छ।

प्रकाशित मिति: : 2021-02-21 07:58:00

प्रतिकृया दिनुहोस्