रियल मड्रिडले शीर्ष स्थानको एथ्लेटिकोसँगको अंक दूरी तीनमा झार्‍यो

Photo : Getty
Photo : Getty

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शीर्ष स्थानको एथ्लेटिकोसँगको अंक दूरी तीनमा झारेको छ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियलले रियल भालाडोलिडलाई १–० ले पराजित गरेको हो। रियलको जितमा ६५ औँ मिनेटमा कासेमिरोले गरेको गोल नै निर्णायक बन्यो।

जितपछि दोस्रो स्थानको रियलको २४ खेलबाट ५२ अंक भएको छ। एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ५५ अंक छ।
 

प्रकाशित मिति: : 2021-02-21 08:09:00

प्रतिकृया दिनुहोस्