ताप्लेजुङमा हिमपातबाट बन्द विद्यालय सञ्चालनमा

रासस

फुङ्लिङ
सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ।

समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ। गत पुस महिनादेखि हिमपात हुन शुरु भएसँगै  पुस १५ देखि विद्यालय बन्द गरिएको थियो।

हिमपातपछि अत्यधिक जाडोले गर्दा विद्यालयमा बसेर विद्यार्थी पढ्न नसक्ने भएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानध्यापक डिकबहादुर केसीले जानकारी दिए।

विस्तारै मौसम राम्रो हुँदै गएपछि विद्यालय सञ्चालनमा आएको हो । विद्यालयमा ३२ विद्यार्थी अध्ययनरत छन्।

यस्तै फक्ताङलुङ गाउँपालिका– ६ घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० उच्चाइमा पर्दछ । घुन्सामा हिमपात हुन शुरु भएसँगै घुन्सा आधारभू्त विद्यालय गत पुसको पहिलो हप्तामै बन्द भएको थियो।

सो विद्यालय यही फागुन १५ देखि पठनपाठन हुने तयारी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रकाश रिजालले जानकारी दिए। विद्यालयमा ४२ विद्यार्थी अध्यायनरत रहेका छन्। 

अझै स्थापना भएन बैँक 

सेञ्चुरी बैंकले मिक्वाखोला गाउँपालिकामा शाखा कार्यालय स्थापना नगर्दा नगरिकले एउटा योजना सम्पन गर्न पाँच पटकसम्म सदरमुका पुग्नुपर्ने सास्ती खेप्दै आएका छन्।

नेपाल बैंकले २०७४ सालको असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा शाखा कार्यालय स्थापना गर्ने परिपत्र गरेको थियो। यसै अनुसार तोकिएको बैंकले स्थानीय तहमा शाखा स्थापन गरेर आर्थिक कारोवार गर्दै आएको छ।

सेन्चुरी बैंकलाई मिक्वाखोलामा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्न चार वर्ष अगाडि नै परिपत्र गरेको थियो। अहिलेसम्म बैंकले शाखा स्थापना गरेको छैन।

गाउँपालिकामा आर्थिक कारोवार नहुँदा ताप्लेजुङ सदरमुकाम जानु परेकोे मिक्मवाखोलाका लेखा अधिकत प्रशान्त भट्टराइले जानकारी दिए। 

 उनले भने, ‘गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाई भएको छ।  तलब निकासा गर्न सदरमुकाम चेक बोकेर पुग्नुपर्दछ।’

सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाईसमेत समस्या परेको छ। केन्द्रको सबै अधिकार गाउँ आउँदासमेत कारोवारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको मिक्वाखोलाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकले सामाजिक सुरक्षा भत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंक मार्फत गर्नुपर्ने निर्देशन दिएको छ।

गाउँपालिकामा बैंकले नहुँदा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लगायतका आर्थिक कारोवारमा समस्या हुर्दै आएको उनले जानकारी दिए। 

 उनले भने, ‘हामीले धेरै पटक सञ्चुरी बैंकलाई गाउँपालिकामा शाखा विस्तार गर्न अनुरोध गरौं।  विभिन्न बाहाना गर्दै आएको छ।’ बैंक शाखा स्थापन नगरेपछि एउटा योजनाको लागि सम्झौता गर्न गाउँदेखि पालिकाको कार्यालयसम्म आउनुपर्ने हुन्छ।

गाउँपालिकाको कार्यालयमा योजना सम्झौता गरेर खाता खोल्न सदरमुकाम जानुपर्ने हुन्छ। सदमुकाममा खाता खोलेर योजनाको पेस्की रकमको चेक लिन फेरि फर्किइ गाउँपालिकाको कार्यालयमा पग्नुपर्दछ।

योजना सम्पन हुँदा कम्तीमा पाँच पटक सदरमुकाम पुग्नुपर्दछ। मिक्वाखोलादेखि सदरमुकाम पुग्न रु ५०० गाडी भाडा लाग्छ।

पाँच पटक सदरमुकाम आउनु र गाउँपालिका र्फकन गरी पाँच हजार गाडी भाडा मात्र तिर्नुपर्दछ। गाउँपालिकामा बैंक भए एक दिन पनि नलाग्ने समय बैंक नहुँदा एउटा योजना सम्पन्न हुँदा दश दिन समय खर्च गर्नुपरेको छ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी रकम निकासा गर्न जिल्लातिर आउने गरेका छन्। बैंक नभएकाले आर्थिक कारोवार गर्न निकै कठिनाई भएको  गाउँपालिकापालिका–२ का वडाध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। 

उनले भने, ‘हाम्रो कार्यपालिकाको पर्सी बैंठक छ । बैंठकले एक किसिमको आन्दोलन गर्ने प्रस्तावमा छौं ।’ समयमै शाखा  स्थापना नगरेकाले  स्थानीय समुदायलाई  स्थानीय सरकारको अनुभूति पाउन नसकेको वडाध्यक्ष थापाले बताए। 

बैंकका लागि आश्यक उपकरण गाउँपालिका केन्द्रमा पु-याइसकेको र इन्टरनेट जोड्न मात्र बाँकी रहेको सेन्चुरी बैंकका काठमाडौँका  सामान्य सेवा विभाग प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिए। 

उनले भने, ‘नेपाल बैंकले परिपत्र गरेको निकै अगाडि नै हो ।  विभिन्न कारणले समयमै आफ्नो शाखा स्थापन गर्न नसक्नु हाम्रो कमजोरी रह्यो।’

बैंक स्थापना गर्नको लागि गाउँपालिकामा घर भाडामा लिएर सुरुक्षाकर्मीसमेत राखिसकेको र छिट्टै कारोवार  शुरु हुने उनले जानकारी दिए।

प्रकाशित मिति: : 2021-02-21 12:25:00

प्रतिकृया दिनुहोस्