इन्टर मिलानले इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानविरुद्ध सानदार जित निकालेको छ।
आइतबार राति मिलानको घरेलु मैदान सानसिरोमा भएको डर्बी भिडन्तमा इन्टरले ३-० गोल अन्तरको जित निकालेको हो।
इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेजले दुई गोल गरे ।यस्तै रोमेलु लुकाकुले एक गोल गरे।
पाँचौ मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए।
५७ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गरे। ६६ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई ३-० को जित दिलाए।
जितसँगै इन्टरले २३ खेलबाट ५३ अंक जोडेको छ । यता मिलानले २३ खेलमा ४९ अंक साथ लिगको दोस्रो स्थानमा छ।