प्रचण्ड–नेपालको नेतृत्वमा सरकार बन्नु गोरु ब्याएर बिगौती खान्छु भने जस्तै : सूर्य थापा

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको विपक्षी समूहका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमरा नेपालको नेतृत्वमा नयाँ सरकार बन्न असंभव रहेको बताएका छन्।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ' पुष्पकमल दाहाल "प्रचण्ड" र माधवकुमार नेपालकाे नेतृत्व (प्रधानमन्त्रित्व) मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं !! 

प्रकाशित मिति: : 2021-02-25 15:08:00

प्रतिकृया दिनुहोस्